मदनकृष्णको स्वरमा ‘जीवनको पाना’ (भिडियोसहित)

काठमाडौं,
भदौ २८ ।

वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको आवाजमा समावेश गीत ‘जीवनको पाना’ सार्वजनिक गरिएको छ । बमकुमार श्रेष्ठको शब्द, सन्तोष श्रेष्ठको सङ्गीत र देवेन्द्र नेवाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।

राज केसीले निर्देशन गरेको गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ, अभिनेता सरोज खनाल, लक्ष्मणप्रसाद अधिकारी र राजेन्द्र कट्टेलले अभिनय गर्नुभएको छ ।

उत्तम हुमागाईँको छायाँकन रहेको भिडियोमा रमेश थापाको सम्पादन छ । भिडियोको कन्सेप्ट अभिनेता सरोज खनालले नै तयार पार्नुभएको हो । गीत केन्द्र मोसन युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

यसमा तपाइको मत

अन्य समाचार