निर्देशक सुमन दाहालसहित विभिन्न व्यक्तित्व सम्मानित

काठमाडौं,
भदौ २८ ।

बिदेशी भूमिमा रहेर पनि नेपाली गीत सङ्गीत, कला संस्कृतिको प्रवद्र्धनमा योगदान पुर्‍याउँदै आउनुभएका चलचित्र तथा म्युजिक भिडियो निर्देशक सुमन दाहाल सम्मानित हुनुभएको छ । स्थानीय संस्थाहरू इनास क्यान्टकी, एन्का र नास्क केन्टकीको सहकार्यमा उहाँलाई एनआरएनए क्यान्टकी च्याप्टरले सम्मान गरेको हो ।

कार्यक्रम एनआरएनले क्यान्टकीका अध्यक्ष केशवराज लोहनीको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा चलचित्र निर्देशक सुमन दाहाललाई बिदेशमा बसेर पनि नेपाली चलचित्र तथा म्युजिक भिडियोको माध्यमबाट नेपाली गीत सङ्गीत, कला संस्कृतिको संरक्षण एवम् प्रवर्धनमा योगदान पर्‍याएको र विभिन्न सांस्कृतिक कार्यक्रमको आयोगना गर्दै आएको ठहर गर्दै सो सम्मानबाट सम्मानित गरिएको हो । उहाँ बिगत पाँच वर्षदेखि क्यान्टकीको ल्याक्सिङटनमा रहेर म्युजिक भिडियो निर्देशन तथा विभिन्न सांस्कृतिक गतिविधिमा निकै सक्रिय रहँदै आउनुभ भएको छ ।

यस्तै एनआरएनए क्यान्टकी स्थापना गरेर पहिलो र दोस्रो कार्यक्रममा महत्वपूर्ण योगदान पुर्‍याएका ठहरसहित एनआरएनए क्यान्टकीका पूर्व अध्यक्ष दिलु पराजुलीसहित एनआरएनए क्यान्टकीका अग्रज व्यक्तित्व पुरुषोत्तम बोहरा, शशी अधिकारीलाई कार्यक्रममा एनआरएनए मुभमेन्ट सम्मानबाट सम्मानित गरिएको थियो । यस्तै नृत्यमा निकै प्रतिभाशाली बाल कलाकार बारुणी पाण्डेलाई प्रोत्साहन सम्मान, युवा स्वयम्सेवकहरू सौरभ खड्का, सफल डुम्रे, सार्थक रिजाललाई युथ स्पोर्ट अवार्ड प्रदान गरिएको थियो ।

यस्तै निशान बुढाथोकी, विशेष पौडेल तथा ०१८ देखि २०२१सम्म हाईस्कुल ग्राजुएट गर्ने ५० जना नेपाली विधार्थीहरूलाई प्रोत्साहन पुरस्कार पत्र प्रदान गरियो ।

एनआरएनए केन्टकी च्याप्टरका अध्यक्ष केशबराज लोहनीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको प्रमुख अतिथिमा एनआरएनए आईसीसी अमेरिका क्षेत्रका आरसी राजन त्रिपाठी, अतिथिहरू एनआरएनए आईसीसी मेम्बर पुरुषोत्तम बोहरा, एनआरएनए एसीसी उपाध्यक्ष दिलु पराजुली, एन्काका अध्यक्ष थिरलाल अर्याल, नेपाल अमेरिका सोसाईटी अफ केन्टकीका अध्यक्ष राजन भुजेल, इनास केन्टकीका अध्यक्ष अर्जुन थापालगायत विभिन्न संस्थाका सल्लाहकार तथा पदाधिकारीहरू थिए ।

एनआरएनए केन्टकी च्याप्टरका उपाध्यक्ष डमरु पौडेल र सचिव अर्जुन किशोर न्यौपानेले सञ्चालन गरेको सो सम्मान कार्यक्रममा कलाकार बारुणी पाण्डेले प्रस्तुत गरेको नृत्य र गायक गायक बिष्णु डुम्रेको गायन निकै आकर्षक थियो ।

 

यसमा तपाइको मत

अन्य समाचार