‘अस्तित्वको लडाइ’ को शुभमुहूर्त

मकवानपुर,
भदौ २५ ।

सरिता फिल्म्स प्रोडक्सन प्रा.लि.को प्रस्तुतिमा नेपाली कथानक चलचित्र ‘अस्तित्वको लडाइ’ को शुभमूहर्त गरिएको छ । राक्सिराङ गाउँपालिका चैनपुर, मकवानपुरमा एक कार्यक्रमबीच चलचित्रको शुभमुहूर्त गरिएको हो ।

पूर्व गृहराज्यमन्त्री तथा प्रदेश सभा सांसद इन्द्र बानियाँको प्रमुख आतिथ्यतामा सम्पन्न शुभमुहूर्त कार्यक्रममा विशिष्ट अतिथिमा नेपाली कांग्रेसकी वरिष्ठ सल्लाहकार तथा पूर्व प्रत्याशी सांसद उमा दाहाल, सांसद सन्तलाल चेपाङ , नेपाल चेपाङ संघ प्रदेशका अध्यक्ष खुशीलाल चेपाङ, प्रदेशका सचिव लक्ष्मण चेपाङ र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल लगायतका अतिथिहरू रहनुभएको थियो ।

चेपाङ समुदायको कथामा बन्न लागेको चलचित्रको तिहार पछिबाट छायाँकन सुरु हुने कार्यकारी निर्माता सुवास राज काफ्लेले बताउनुभयो । मकवानपुर, चितवन र काठमाडौँमा छायाँकन हुने चलचित्र ‘अस्तित्वको लडाइ’ मा प्रशान्त तामाङ, सुनील थापा, सम्पदा बानियाँ चलचित्रका लागि अनुबन्धित भई सक्नुभएको छ भने अन्य कलाकारहरू छनोटको क्रममा छन् ।

सरीता ढुंगाना निर्माता रहेको चलचित्र नेपाल चेपाङ समाजले निर्माण गर्न लागेको हो । गोविन्द्र गौतमको निर्देशन, महेश पौडेलको छायाँकन, रोशन श्रेष्ठको द्वन्द निर्देशन रहने छ । रामशरण कोइराला चलचित्रका एसोसियट निर्देशक हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार