काठमाडौं,
भदौ २३ ।
मुना रोक्का स्वरमा रहेको सन्देशमुलक तीज गीत ‘अहिलेको तीजमा’ सार्वजनिक भएको छ । दीपक प्रेममीको शब्द, सुरज मलीको एरेञ्ज महेश्वरमान राजभण्डारीको मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
अहिलेको तीजमा घरमै बसौ, सावधानी अपनाऔँ, सुरक्षित तरिकाले तीज मनाऔ भन्ने सन्देश रहेको गीतको भिडियोमा खुशी अधिकारी, रेखा स्त्री, सुस्मिता लामा, भगवती बुढाथोकी लगायतको अभिनय तथा नृत्य देख्न सकिन्छ भने निर्देशन कमल राईले गर्नुभएको छ ।
सनराईज फिल्मी संसारको दोस्रो प्रस्तुति अशोक खड्काको निर्माणमा तयार पारीएको भिडियोमा छांयाकन उमेश नेवा, सम्पादन गौतम राज खड्का र मेकअप रवी के. सी.को छ ।






