थप एक हजार ८९ जनामा कोरोना संक्रमण, एक हजार ५३४ संक्रमण मुक्त, २० को मृत्यु

काठमाडौं,
भदौ २० ।

आइतबार थप एक हजार ८९ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको पाँच हजार १७० जनाको पिसिआर परीक्षणमा ९७६ र दुई हजार ८०१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ११३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ६९ हजार २७१ पुगेको छ ।

देशभर ३१ हजार २४८ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । तीमध्ये २९ हजार ८१ होम आइसोलेसनमा छन् भने संस्थागत आइसोलेसनमा रहनेको संख्या दुई हजार १६७ छ । यस्तै देशभरका विभिन्न अस्पतालमा ५२३ जना आइसियुमा र १६२ भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

आइतबार थप एक हजार ५३४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै  सात लाख २७ हजार १८५ जना कोरोना संक्रमणमुक्त भएका छन् । निको हुने दर ९४.५ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।

थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपाल मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार