चितवन,
भदौ २० ।
योङ स्टार सिनेमा र निर्भाना फिल्म स्कुलले संयुक्त रुपमा निर्माण हुन गरहेको नेपाली चलचित्र ‘ग्रीन बर्ड’ चितवनमा कार्यशाला भइरहेको छ ।
चलचित्रमा सुरक्षा पन्त, कमलमणि नेपाल र अफ्रान अलीको मुख्य भूमिका रहनेछ। मुम्बईमा फिल्म अध्ययन गरेर आउनुभएका प्रमोद कंडेलको लेखक तथा निर्देशनमा बन्न लागेको चलचित्रले जुन युवतीको आफ्नो परिवार र विश्वबाट बाहिर गएर जिउन खोज्न चाहन्छ त्यो उसको स्वतन्त्र हुनु उसको आफ्नो निजी जीवन र संघर्षमा जोडिएको विशुद्ध पारिवारिक कथामा आधारित रहेको भनिएको छ ।
मेथड एक्टिङलाई चित्रण गर्नकै लागि सबै कलाकारलाई सुटिङ हुने घरमै राख्दै कार्यशाला चलिरहेको चलचित्र ‘ग्रीन बर्ड’ यही भदौ २५ गतेबाट सुटिङ फ्लोरमा जाने र चलचित्रको छायांकन चितवन र नवलपुर हुने प्रोडक्सन डिजाइन तथा क्रिएटिभ डाइरेक्टर निगम श्रेष्ठले जानकारी दिनुभयो । डेब्यु निर्देशक प्रमोद कंडेलकै कथा, अजय खड्काको सम्पादन र कात्तिक कर्नाटकले खिच्ने चलचित्रमा मेथड एक्टिङको प्रक्रियालाई आत्मसात गरिने भएको छ ।






