दोलखा,
भदौ १९ ।
नेपाली कांग्रेस दोलखा जिल्लाको पार्टी महाधिवेशनले युवा इन्जिनीयर बिक्रम दहाललाई वैतेश्वर गाउँपालिका-५ नं. वडामा सर्ब सम्मतिले वडा सभापतिमा चयन गरेको छ । २७ बर्षिय सिभिल इन्जिनीयर दहाल कन्सल्टेन्ट व्यवसायमा संलग्न युवा इन्जिनीयर हुनुहुन्छ ।
बैतेश्वर गाउँपालिका वडा नं. ५ (साबिक काब्रे गा.बि.स.), दोलखामा २०७८ भदौ १८ गते भएको महाधिवेशनले युवा इन्जिनीयर लगायतको नेतृत्व सर्व सम्मतले चयन गरेको हो । जम्मा २३ जनाको कार्यसमिति रहनेगरी पाँचबर्षको लागि यो कार्यसमिति चयन भएको छ ।
नेपाली कांग्रेसको वडा समितिको उपसभापति पदमा नवराज घिमिरे र सोमबहादुर दहाल सर्बसम्मतिबाट चयन हुनुभएको थियो भने कोषाध्यक्ष पदमा प्रमिला फुयाल चुनिनु भएको छ । नेपाल सांस्कृतिक मञ्चका केन्द्रीय प्रवक्ता तथा नेपाली कांग्रेस दोलखाका कोषाध्यक्ष कृष्ण केसीको उपस्थितिमा कार्यसमिति चयन भएको थियो ।






