मिष्टर युके मेन फिजिक्स भाग लिदै पोखराका सागर

पोखरा,
भदौ १७ ।

पोखरा बाटुले चौर का सागर बिकले बेलायतमा हुने मिष्टर युके मेन फिजिक्स आर्नोल्ड क्लासिकमा भाग लिनिहुने भएको छ । भारतको दिल्लीमा बॉडी बिल्डिङ सुरु गर्नुभएका उहाँले । भारतमा पहिलो २०१५ मिस्टर गान्धी फिटनेस गोवामा पार्टीसिपेट गर्नुभएका उहाँ २०१६मा मिस्टर गांधी च्यामपियनसिप जित्न सफल हुनुभएको थियो ।

२०१८ देखि यूके मा रहँदै आऊनु भएका बिक आगमी सेप्टेम्बर ५ तारिकदेखी युके मा हुने ओपन बॉडीबिल्डिङ एण्ड मेन फिजिक्समा भाग लिदै हुनुहुन्छ । दुनियाभरका शारिरीक सुगठनका खेलाडी सामू प्रतिनिधित्व गर्नुपाऊँदा आफूलाई सागरमाथाको जस्तो उच्च शिर भएको उहाँले बताउनुभयो ।

उहाँले २०१७मा मिस्टर ओलम्पियामा नेपालको तर्फबाटा टप १२ मा रिप्रिजेंट गर्नुभएको थियो । १०१७ मिस्टर माछापुछ«े ७५ के जी गोल्ड मेडल, २०१८ मा राष्ट्रब्यापी ओपन बॉडीबिल्ङि मेन फिजिक्समा तेस्रो स्थान हासिल गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार