‘तड्पी तड्पी’ भन्दै आए शिव परियार (भिडियोसहित)

काठमाडौं,
भदौ, १७ ।

शिव परियारको स्वरमा रहेको गीत ‘तड्पी तड्पी’ सार्वजनिक भएको छ । शुवास कार्कीको शब्द, संगीत विशाल निरौलाको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । बिन्दास मिडिया नेटवर्कले अडियो भिडियो गरेको गीतका निर्देशन भने सिर्जन बरालले गर्नुभएको छ ।

गीतको भिडियो आहा टिभीको आधिकारीक यूट्युव च्यानलमार्फत बजारमा आएको छ । भिडियोमा चिरञ्जिवी सापकोटा र निरुता शाहीको जीवन्त अभिनय छ ।

गीतमा आफ्नो श्रीमतीको अर्कैसँगको सम्बन्धका कारण चिरञ्जिवी तनावमा देखिन्छन् । तनावमा रहेका चिरञ्जिवीले श्रीमतीको हत्या गरेर शव बोकी पुलिस स्टेसन गएको र जेल भित्र बस्दा पागल जस्तै उनी बेला बेलामा रुने र सँगसँगै हास्ने गरेको देखाइएको छ ।

यसमा तपाइको मत

अन्य समाचार