काठमाडौं,
भदौ १५ ।
पदम राई र मेलिना राईको स्वर रहेको ‘पछि पछि लागेर…’ बोलको गीत सार्वजनिक भएको छोटो समयमै करोड क्लब ‘एक करोड पचास लाख’ नाघ्न सफल भएको छ । सार्वजनिक भएको छोटो समयमा अत्याधिक दर्शक, श्रोताहरूले उत्साहजनक हौसला दिनु भएकोमा यो माया र साथका लागि गायक पदम राईले सबैमा आभार व्यक्त गर्नुभएको छ ।
यो गीतको सफलतासँगै केन्द्र मोशन पिक्चर्सले गायक पदमको पछिल्लोे गीत ‘के गुलियो छ र शखर चिनी’लाई आफ्नै लगानीमा भिडियो निर्माण गरी सार्वनजिक गरेको थियो ।
‘के गुलियो छ र शखर चिनी’ पनि श्रोता÷दर्शकमाझ उत्तिकै लोकप्रिय छ । गीतलाई सामाजिक सञ्जाल टिकटकमा अत्यधिक प्रयोगकर्ताले भिडियो बनाएका छन् । ‘पछि पछि लागेर’को भिडियोमा पुष्प खड्का, वर्षा राउतलगायत कलाकारको अभिनय छ भने यसलाई सञ्चारकर्मी सुव्रत आचार्यले निर्देशन गर्नुभएको हो ।






