थप २४ सय ३३ जनामा कोरोना संक्रमण, २६को मृत्यु

काठमाडौं,
भदौ १० ।

बिहीबार थप दुई हजार ४३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको नौ हजार ७०२ जनाको पिसिआर परीक्षणमा दुई हजार ५२ र चार हजार ६७२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ५४ हजार ९१५ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ रहेको छ । जसमध्ये ३५ हजार ३५४ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार ३० जना संस्थागत आइसोलेसनमा छन् । देशका विभिन्न अस्पतालमा ६२० जना आईसीयू र १६५ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

बिहीबार थप १९ सय २९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै सात लाख पाँच हजार ८९३ जना संक्रमणमुक्त भएका छन् । थप २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ६३८ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार