काठमाडौं,
भदौ ८ ।
इन्दिरा जोशीको स्वरमा रहेको गीत ‘म माया गर्छु’को भिडियो सार्वजनिक भएको छ । दीपिका भट्टको शब्द र वसन्त सापकोटाको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
https://www.youtube.com/watch?v=NG-YV5lfRLY
दीपिका भट्टको निर्देशन रहेको भिडियोमा पवित्रा भट्टराई र अर्पण दाहाल फिचर्ड छन् । रोमान्टिक फ्लेवरको यो भिडियोमा पूजारी र आधुनिक युवतीबिचको प्रेम कथा देखाइएको छ । उत्तम राना मगरको सम्पादन रहेको भिडियोमा डम्बरबहादुर राईको छायांकन छ ।






