थप १ हजार ९२० जनामा कोरोना संक्रमण, २४ को मृत्यु

काठमाडौं,
भदौ ६ ।

आइतबार थप एक हजार ९२० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको नौ हजार ४४३ जनाको पिसिआर परीक्षणमा एक हजार ७०२ र तीन हजार ७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २१८ जनामा कोरोना पुष्टि भएको हो । आइतबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख ४७ हजार ४३३ पुगेको छ ।

कुल संक्रमितमध्ये ३८ हजार ७५१ सक्रिय संक्रमित छन् । पछिल्लो समय ३५ हजार ५५५ जना होम आइसोलेसन र तीन हजार १९६ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै देशका विभिन्न अस्पतालका आईसीयूमा ६८१ जना र १६९ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

आइतबार दुई हजार २४८ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै देशभर निको संक्रमण मुक्त हुनेको कुल संख्या ६ लाख ९८ हजार १७३ पुगेको छ ।

थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ५०९ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार