नेपाल म्युजिक भिडियो निर्देशक समाज गठन

काठमाडौं,
भदौ ६ ।

नेपाल म्युजिक भिडियो निर्देशक समाज गठन गरिएको छ । विधान कार्कीको नेतृत्वमा गठित कार्यकारिणि समितिले राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी संस्था स्थापना भएको जानकारी गराएको हो । नेपालका स्थापित म्युजिक भिडियो निर्देशकहरूले स्थापना गरेको यो संस्था पहिलो र ऐतिहासिक भएको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

समाजमा १५ जनाको संस्थापन कमिटी छ । जसमा अध्यक्ष विधान कार्की, प्रथम उपाध्यक्ष देवेन्द्र पाण्डे, द्वितीय उपाध्यक्ष निकेश खड्का, महासचिव सुव्रतराज आचार्य, सचिव हेमप्रभाष अधिकारी, कोषाध्यक्ष दयाराम घिमिरे, सहोषाध्यक्ष निशान घिमिरे तथा सदस्यहरू शान थापा, समन अधिकारी, गम्भीर विष्ट, अनुप चापागाईं, प्रकाश धिताल, बबिता श्रेष्ठ, विजेश पौडेल र राजेश पुमा राई रहनुभएको छ ।

वर्षेनिअर्बौंको लगानी हुने म्युजिक भिडियो क्षेत्रमा कार्यरत निर्देशकहरू संगठित भइयो क्षेत्रलाई थप व्यावसायिक, मर्यादित र व्यवस्थित बनाउन ‘नेपाल म्युजिक भिडियो निर्देशक समाज’ गठन गरिएको अध्यक्ष विधान कार्कीले बताउनुभएको छ ।
अध्यक्ष कार्कीले निर्देशक समाजलाई सबै म्युजिक भिडियो निर्देशकको साझा संस्था बनाउन प्रयास गरिने बताउनुभयो ।

हाँले भन्नुभयो, ‘म्युजिक भिडियोका सबै निर्देशकलाई समाजमा गोलबद्ध गर्न प्रयास गर्नेछौं । म्युजिक भिडियो निर्देशकका समस्यालाई समाधान गर्न समाज सधैं अग्रसर रहनेछ ।’ उहाँले चाँडै म्युजिक भिडियोका पहिलो निर्देशक शम्भुजित बाँस्कोटा र पहिलो मोडल भुवन केसीलाई सम्मान गरिने बताउनुभयो ।

कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित भएका चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोरोना महामारीको समयमा मनोरञ्जन क्षेत्रलाई बचाउन म्युजिक भिडियोको ठूलो योगदान रहेको बताउनुभयो । नवगठित नेपाल म्युजिक भिडियो निर्देशक समाजका संस्थापन कार्य समितिलाई बधाई तथा शुभकामना दिन कार्यक्रममा चलचित्र निर्देशक समाजका अध्यक्ष आकाश अधिकारी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षासिंह राणा, निर्देशक समाजकै महासचिव जनकदीप पराजुली, चलचित्र नृत्यकार संघका कार्यकारी अध्यक्ष जनक कार्कीलगायतको उपस्थिति थियो ।

समाजको सल्लाहकार सदस्यमा गीतकार डब्बु क्षेत्री र निर्देशक जनकदीप पराजुली नियुक्त हुनुभएको छ भने प्रेस सल्लाहकार जीवन पराजुली नियुक्त हुनुभएको छ ।

यसमा तपाइको मत

अन्य समाचार