काठमाडौं,
भदौ ५ ।
शनिबार थप दुई हजार ७५ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । देशभर गरिएको सात हजार ७०३ पिसिआर र पाँच हजार ३७२ जनाको एन्टीजेन परीक्षणका क्रममा दुई हजार ७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या साल लाख ४५ हजार ७३१ पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये ३९ हजार ३२१ सक्रिय संक्रमित छन् ।
यस्तै शनिबार थप दुई हजार ३८२ जना संक्रमण मुक्त भएका छन् । योसँगै ६ लाख ९५ हजार ९२५ जना संक्रमण मुक्त भएका छन् ।
पछिल्लो समय ३६ हजार १५ जना होम आइसोलेसन र तीन हजार ३०६ जना संस्थागत आइसोलेसनमा छन् । यस्तै देशका विभिन्न अस्पतालमा ७१८ जना आइसीयू र १६६ जना भेन्टिलेटरमा उपचाररत रहेका छन् ।
थप ३० जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार सिसीएमसी, नेपाली सेनाद्वारा कोभिड–१९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार ४८५ पुगेको छ ।






