अञ्जु र बिन्तीको ‘चोखो माया’ (भिडियोसहित)

काठमाडौं,
भादौ ५ ।

गायिका अञ्जु पन्त र बिन्तीकुमार गुरुङको स्वरमा रहेको गीत ‘चोखो माया’ सार्वजनिक भएको छ । गायक बिन्तीकुमारको जन्मदिनको अवसर पारेर एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गायक गुरुङकै शब्द, सङ्गीतमा तयार पारीएको गीतमा लाहान सुब्बाको सङ्गीत संयोजन, सन्दिप बान्तवाको मिक्सिङ मास्टरिङ तथा रेद्दी गुरुङ (एमएमपी)ले रेकर्डिङ गर्नुभएको छ ।

र्‍यान कार्कीको निर्देशन र सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतको भिडियोमा नायिका नम्रता सापकोटा तथा मोडेल कमलको अभिनय देख्न सकिन्छ ।

भिडियोमा बुद्ध थापाको छांयाकन, बिष्णु खडकाको सम्पादन तथा कलरिङ, पोष्टर डिजाईनिङ रहेको छ । भिडियोलाई गायक बिन्तीकुमार गुरुङको अफिसियल युट्युब च्यानल ज्यास्मिन कृयशनमार्फत सर्वजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार