हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन

काठमाडौं,
भदौ ५ ।

हाँस्य कलाकार शम्भुराज थापा ‘बखते’को निधन भएको छ । कोरोना संक्रमणका कारण झण्डै एक महिनादेखि पाटन अस्पतालमा उपचाररत ५६ वर्षे थापाको शनिबार बिहान ४ः४० मा निधन भएको हो ।

थापाले टेलिफिल्म ‘हल्का रमाइलो’, ‘गोलमाल’, ‘भद्रगोल’, ‘मह सञ्चार’, ‘मेरी बास्सै’लगायतका टेलिफिल्ममा अभिनय गर्नुभएको थियो । यस्तै उहाँले केही टेलिभिजन र विज्ञापनमा समेत अभिनय गर्नुभएको थियो ।

थापा चलचित्र ‘आफ्नो बिरानो’ का निर्माता पनि हुनुहुन्थो । थुप्रै चलचित्रमा अभिनय गर्नुभएका उहाँले दर्जनौं टेलीचलचित्रमा अभिनय गर्नुभएको छ । ‘मदन बहादुर हरिबहादुर’मा पनि अभिनय गर्नु भएको थियो । उहाँको श्रीमति, एक छोरो र एक छोरी हुनुहुन्छ ।

यसमा तपाइको मत

अन्य समाचार