राष्ट्रपतिद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी

काठमाडौं,
भदौ २ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएको छ । राष्ट्रपति भण्डारीद्वारा अध्यादेश प्रमाणीकरण भएसँगै जारी भएको हो । नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पार्टीको केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सङ्ख्या पुर्‍याएर दल विभाजन गर्न सकिनेगरी राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो ।

राजनीतिक दलसम्बन्धी यसअघिको ऐनमा दल विभाजन गर्न पार्टीको केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत संख्या अनिवार्य हुनुपर्ने कानुनी व्‍यवस्था थियो । यस ऐनलाई संशोधन गर्न ल्याइएको यस अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या भए दल विभाजनले मान्यता पाउनेछ ।

यो अध्यादेश जारी भएसँगै नेकपा एमालेको माधव नेपाल समूह र जसपाको महन्थ ठाकुर पक्षलाई नयाँ दल दर्ताका लागि कानुनी रूपमा सहज हुने भएको छ ।

यसमा तपाइको मत

अन्य समाचार