काठमाडौं,
भाद्र २ ।
सुर्खेतका सर्जक धर्मराज गिरीको लय, शब्दसँगै गायिका टीका पुनको स्वरमा रहेको तीज गीत ‘शिरफुल मेरो’ सार्वजनिक भएको छ । धर्मराजकै निर्देशनमा दीक्षा गिरीको अभिनय तथा नृत्य रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा अर्जुन सापकोटाको छायांकन, निर्मल प्याकुरेलको सम्पादन तथा रंग संयोजन छ भने नृत्य निर्देशन चन्द्र मन्दिरको रहेको छ ।
गीतको पोस्ट प्रोडक्सन श्रीनाथ फिल्मस्ले गरेको हो भने ईकुपमेन्ट बराहाता मुभी हाउसले ब्यबस्थापन गरेको हो । भिडियोलाई श्रीनाथ अनलाईन टिभीको अफिसियल युटुब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।






