काठमाडौं,
साउन ३२ ।
संसारको अग्लो स्थानमा ‘गोक्यो रि’ म्युजिक भिडियो निर्माणगरी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा आफ्नो नाम राख्नुभएका नेपाली टोलीलाई हिमाल एफ.एम.को आयोजना तथा राईको ब्राण्डको प्रायोजनमा काठमाडौंमा आयोजित एक कार्यक्रममा रेकर्ड होल्डरहरू मिडिया ब्यावसायी तथा कलाकर्मी राजन खरेल, चार पटकसम्म गिनिज बुकमा नाम लेखाइसक्नु भएका पुस्कर नेपाल, बहुप्रतिष्ठीत टेलीभिजन कार्यक्रमका इन्द्रेनीका बासुरी बादक पावल राई, पर्यटन ब्यावसायी संचबहादुर राई र पर्यटन ब्यावसायी तथा समाजसेवी लक्ष्मण कार्कीेलाई नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, वरिष्ठ पत्रकार तथा रिपोटर्स क्लब नेपालका अध्यक्ष ऋषि धमला र हिमाल एफ.एम.का अध्यक्ष निमा शेर्पाले गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर को सर्टिफिकेटसहित संयुक्त रुपमा सम्मान प्रदान गर्नुभएको छ ।
त्यसैगरी गायिका बबिना किराँती, गायक तथा सङ्गीतकार बिक्रम राई, रचनाकार मिलन किराँतीे, सङ्गीत संयोजक फनिन्द्र राई, साउन्ड ईन्जिनियर छिरिङ भोटे, निर्देशक दुर्लभ जन्तरे (बुद्धिराज राई), मोडेले बबिना किराँती, मोडल अनिश सिङ्जाली मगर, बाल कलाकार रायल राई, छायाँकार तथा सम्पादक ईसाक जबेगु, क्यामेरा सहयोगी दुर्गाप्रसाद राई, गिटारिस्ट राजिब बैजु, मादल वादक बिक्रम राई, तथा अक्टाप्याड वादक बिक्रम गुरुङलाई गिनिज बुक अफ वर्ल्ड रेकर्ड को पार्टीसिपेसन सर्टिफिकेटसहित सम्मान प्रदान गरिएको थियो ।
कार्यक्रमका अन्य अतिथिमा प्रतिनिधिसभा सदस्य हेमकुमार राई ‘सुरवीर’, हिमाल एफ.एम.का सल्लाहकार तथा राजनीतिज्ञ आङगेलु शेर्पा, हिमाल एफ.एम.का सचिव कर्मा शेर्पा लगायतको रहनुभएको थियो ।






