थप २ हजार ६२४ जनामा कोरोना संक्रमण, २० को मृत्यु

काठमाडौं,
साउन ३० ।

शनिबार थप दुई हजार ६२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आठ हजार ६६७ पिसिआर र चार हजार ९०६ जनाको एन्टीजेन परीक्षण गर्दा दुई हजार ६२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या सात लाख ३० हजार ४७९ पुगेको छ । कुल संक्रमितमध्ये ३९ हजार ४०५ सक्रिय संक्रमित छन् ।

यस्तै थप एक हजार ३२० जना संक्रमण मुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको कुला संख्या ६ लाख ८० हजार ८१५ रहेको छ ।
त्यस्तै शनिबारसम्म ३६ हजार दुई जना कोरोना संक्रमित होम आइसोलेसन र तीन हजार ४०३ जना संस्थागत आइसोलेसनमा रहेका छन् । ७६० जना आइसीयू र १८६ जना भेन्टिलेटरमा उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।

थप २० कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार २५९ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार