पेशल आचार्य
काठमाडौं,
साउन २९ ।
तिम्रो हेराइ
हेराइ मात्र कहाँ हो र ?
त्यो त कुनै बेला
प्रश्न हुन्छ
कुनै बेला
उत्तर हुन्छ,
मात्र ठम्याएर
गर्न सक्नुपर्छ प्रश्न
हेराइ
उत्तर हुन्छ
मात्र निखारेर
भ्याउनु मात्र पर्छ गर्न उत्तर
बस् त्यही हेराइ
वलवान् प्रश्न हुन्छ,
वर्षौंदेखि म रनभुल्ल छु
तिम्रो हेराइ सखी
प्रश्न हो कि उत्तर
एकफेर हेरेरै
भनिदेऊ न ल ?
अनि म ढुक्क हुन्छु !






