काठमाडौं,
साउन २५ ।
सोमबार थप तीन हजार ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार ५९४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ६५१ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार १० हजार ४४५ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ६०९ र र ६ हजार १४९ जनाको एन्टीजेन परीक्षण गर्दा एक हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख १७ हजार ४८६ पुगेको छ ।
सोमबार देशभर ३६ हजार २८८ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये ३२ हजार ९०७ होम आइसोलेसनमा छन् । संस्थागत आइसोलेसनमा तीन हजार ३८१ छन् भने ७४१ जना आइसियुमा र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् ।
यस्तै पछिल्लो समय एक हजार ७८४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त निको हुनेको संख्या ६ लाख ७१ हजार ८३ पुगेको छ । मन्त्रालयका अनुसार निको हुने दर ९३.५ प्रतिशत रहेको छ ।
सोमबार कोरोनाबाट थप २२ जनाको मृत्यु भएको छ । योसहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ११५ पुगेको छ । आइतबार कोरोनाबाट ५५ जनाले ज्यान गुमाएका थिए ।






