काठमाडौं,
साउन २५ ।
हास्य अभिनेता दमन रुपाखती तथा उत्सव केसीको लेखन तथा निर्देशनमा तयार पारिएको गाईजात्रे कोशेली ‘छताछुल्ल’ सार्वजनिक भएको छ । नेपालको समसायिमक राजनीतिक तथा सामाजिक विकृतिलाई हाँस्य–व्यङ्ग्यमार्फत छताछुल्ल पारिएको गाइजात्रे कोशेलीको भिडियो सार्वजनिक भएको हो ।
छताछुल्लमा सुभाष गजुरेल, दमन रुपाखेती, कमल कान्त मैनाली, लक्ष्मण बिक्रम बस्नेत, संगम भण्डारी, घनश्याम गौतम नक्कली प्रचण्ड, लक्ष्मिनाथ तिमिल्सिना, सुरेश तिमल्सिना नक्कली ओली, शोभा भण्डारी, दिपक सापकोटा, मनिता डंगोल, सन्देश राउत, आयुष्मा पाण्डे र उत्सब केसीलगायतका कलाकारको अभिनय रहेको छ ।
उत्तम केसी तथा दुर्गा केसी निर्माता रहेको गाईजात्रा छताछुल्लमा सहनिर्माता सुमन फुयाँल, ब्यवस्थापक राजु फुयाँल, क्यामरा ज्ञान कुमार कट्टेल र सम्पादन प्रेम शर्मा पौडेलको छ भने पोष्ट प्रोडक्सन कोचे मिडिया रहेको छ ।
गाईजात्रे प्रहशन दोहोरी समावेश गरिएको गाईजात्रे सामाग्रीमा एउटा दोहोरी गीततको प्यारोडी हाँस्य कलाकार घनश्याम गौतमले लेख्नुभएको हो ।
गतवर्ष ‘वार कि पार’ शीर्षकको गाईजात्रा कोशेली बजारमा ल्याएको चुइचुई पारेर युट्युब च्यानलले यसपटक ‘छताछुल्ल’ गाईजात्रा बजारमा ल्याएको हो । गत वर्षको गाईजात्रमा बेसार पानी खाउँ जनता बेसार पानी खाउँ शीर्षकको गीत लोकप्रिय भएको थियो ।






