कविता : अनलाइन जिन्दगी !

✍️ पेशल आचार्य
काठमाडौं,
साउन २५ ।

कहिले फोर जीनचल्ने
कहिले डाटा लिनु पर्ने
सरकारी हो त्यसैले
सरकार जस्तै एडिएस्ल् पनि
बिस्तारो हिँड्छ आफ्नै पारामा
नकाम हुन्छन् समयमा
न बेपार हुन्छन् भनेका बेलामा
सन्तानको अनलाइनक्लासले
मोबाइल किनाउँदो छ किनाउँदो छ
मोबाइल मर्मत गराउँदो छ गराउँदो छ
वाह ! कोरोना भाइरस धन्य छ तलाईं
तैँले धनीलाई अझ धनी बनाइस्
हामी गरिबलाई
उठि बास्लगाइस्,

यो जिन्दगी ! खै ! के जिन्दगी
जहाँ बच्चाहरूको
अनलाइन कक्षा हुँदैन
जहाँ बुढी जुम मिटिङ्गमा बस्दिनन्
जहाँ आफ्नो पनि अनलाइन तालिम हुँदैनन्
जहाँ आफ्ना डिजिटल बैँकिङ् कारोबार छैनन्
जहाँ आफ्नो टुइटर
ह्वाट्स एप्, इन्टाग्राम
र फेसबुक अकाउन्टहरू छैनन्
अफिस गएपछि कसैले पत्याउँदैनन्
स्कुल छिरे पनि कसैले गन्दैनन्
हाटबजार, चियापसल र भट्टीका टेबलमा पनि
बिक्नका लागि
अनलाइन जिन्दगी हुनैपर्ने रे !

थुक्क जिन्दगी ! क्या दामी थियो
उहिलेको जीवन
सुका माना घिउ
पाँच मोहोर धार्नी खसीको मासु
दस रुपियाँमा गाई
चालीस रुपैयाँमा भैँसी
रनवन, सेरोफेरो देखेजति मेरो
जसका छोरा उसको वन
जसको भैँसी उसको वन
अहिले त चार आने भैयौ
बेलैमा सुगर र प्रेसर ल्याइयो !

साला ! अनलाइन जिन्दगी
अहिले न त खानाको ठेगान
नछ सुत्नको टेगान
जहिल्यै टेन्सन छ भन्यो ढाँट्यो
भुत्राको टेन्सनहुनु नि
सबैले भच्र्युअल भ्रमको जिन्दगी बाँच्यो,

थुइइइया जिन्दगी !
कुनदिनमा यो डिजिटल साक्षर भइएछ
कुनदिनमा यो फेसबुक अकाउन्ट खोलिएछ
अहिले सम्झँदा दिक्क लाग्छ
हजुरबा र हजुरआमाकै जिन्दगी
अतिवप्यारो लाग्छ
अतिव अग्र्यानिक लाग्छ
अतिव रोचक लाग्छ,

समयको सुई घुमाउन पाए
म हजुरबा हजुरआमाको जिन्दगीको
फड्के साक्षी बस्न जाने थिएँ
जहाँ अहिलेका तुलनामा
भलि भाँती सुखका तिजोरीहरू थिए
अनगिन्ती सन्तोसका गुम्बजहरू थिए
र थिए प्राकृतिक मानिसहरूका
बोली, वचन र प्यारहरू !

यसमा तपाइको मत

अन्य समाचार