काठमाडौं,
साउन २२ ।
पुरुषोत्तम गैरे र प्रतिक्षा वाग्लेको स्वरमा रहेको तीज गीत ‘टिकटक कि हिरोनी’ सार्वजनिक भएको छ । पुरुषोत्तम गैरेको शब्द सङ्गीत तथा राजु सुनामको सङ्गीत संयोजन रहेको गीत सार्वजनिक भएको हो ।
काजिश श्रेष्ठको निर्देशन रहेको गीतको भिडियो पुरुषोत्तम गैरेको अफिशियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
https://www.youtube.com/watch?v=pOsWlVmLPI4
भिडियोमा रबिना भण्डारी, पूजन घिमिरे, कुशल अधिकारी र गोबिन्द थापाको नृत्य तथा अभिनय रहेको छ । अजय रेग्मीको छायांकन रहेको भिडियोमा दीपक बिष्टको सम्पादन छ ।
आफ्ना अन्य गीतहरूलाई जस्तै यो गीतलाई पनि दर्शक स्रोताहरूले मन पराउनेमा आफूहरू आशावादी रहेको गायक पुरुसोत्तम गैरेले जानकारी दिनुभयो ।






