थप ३९ सय ९३८ जनामा कोरोना संक्रमण, ३७ को मृत्यु

काठमाडौं,
साउन २१ ।

बिहीबार थप तीन हजार ९३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १८ हजार ४०८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या सात लाख आठ हजार ७९ पुगेको छ ।

यस्तै बिहीबार थप दुई हजार १२ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमण मुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ जना पुगेका छन् ।

पछिल्लो समय देशभर संक्रिय सक्रमितको संख्या ३४ हजार ४२२ रहेको छ । तीमध्ये ३१ हजार १०८ होम आइसोलेसनमा छन् भने ७१३ जना आइसियुमा र १५८ जनाको भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

काठमाडौं उपत्यकामा बिहीबार एक हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार काठमाडौंमा ७६६ जना, भक्तपुरमा १४६ जना र ललितपुरमा १६३ जना कोरोना संक्रमित थपिएका हुन् ।

यस्तै बिहीबार कोरोना सक्रमणका कारण थप ३७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या नौ हजार ९९४ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार