कविता : अणु

✍️ नवीन मनोहर
काठमाडौं,
साउन २० ।

कोमल
कञ्चन
स्निग्ध
र शुभ्र
आँखामा
सानो कण पर्‍र्यो भनेसमेत
बिझाइ रहन्छ
किन होला ?

निर्बन्ध
यायावर
जिज्ञासु
प्रेमिल
शुभाकांक्षी मनमा समेत
ससाना वचन वाणले
किन छिया छिया पार्छ होला ?

म सोचिरहेको छु ।
म नियालिरहेको छु ।।

यसमा तपाइको मत

अन्य समाचार