थप तीन हजार ३८३ जनामा कोरोना संक्रमण, २४ को मृत्यु

काठमाडौं,
साउन १९ ।

मंगलबार थप तीन हजार ३८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको १६ हजार ७१८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै कूल संक्रमित संख्या सात लाख दुई हजार ९७ पुगेको छ ।

थपिएका संक्रमितमध्ये ९०४ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ६१३, ललितपुरका १७७ र भक्तपुरका ११४ जना संक्रमित छन् ।

देशभर पछिल्लो समय ३२ हजार ५९ जना सक्रिय संक्रमित रहेका छन् । तीमध्ये २९ हजार २२ जना संक्रमित होम आइसोलेसन र तीन हजार ३७ संस्थागत आइसोलेसनमा छन् । संस्थागत आइसोलसनमध्ये ६८६ जना आइसियुमा र १६२ जनाको भेन्टिलेटरमा उपचाररत छन् ।

यस्तै मंगलबार देशभर एक हजार ९९४ जना संक्रमण मुक्त भएका छन् । योसँगै कुल संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६० हजार ११६ पुगेको छ ।

थप २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार ९२२ पुगेको छ ।

 

यसमा तपाइको मत

अन्य समाचार