पेशल आचार्य
काठमाडौं,
साउन १९ ।
सबै शब्द आफैँमा स्वतन्त्र
सबै भाव आफैँमा निर्बन्ध
यहाँ कोही कसैको
न पर्यायवाची
न समानार्थी
सबै सबै
अलग
सबै सबै
फरक,
मैले भोग्ने
दुःख
सुख
अभाव
प्रेम
पीडा
चाहना
के कसैले सेयर गर्न सक्छन् त ?
संसारलाई बुझाएको कुरा
म आफैँ बुझ्न खोजिरहेको छु ।






