केही स्थानमा ‘भारी वर्षा’को सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं,
साउन १९ ।

जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गर्दै आज विहान देशका अधिकांस भू–भागमा सामान्य बदली रहेको र वाग्मती, गण्डकी तथा लुम्विनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको उल्लेख गरेको छ ।

महाशाखाले आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश १, वाग्मती, गण्डकी, कर्णाली, सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रहने र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा प्रदेश १, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशका एकदुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले मौसम पूर्वानुमानमा उल्लेख गरेको छ ।

भारी वर्षाको सम्भावना रहेकाले पहाडी भू-भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्नेभन्दै आवश्यक सतर्कता अपनाउन महाशाखाकाको आग्रह छ ।

यसमा तपाइको मत

अन्य समाचार