काठमाडौं,
साउन १४ ।
हरिवंश आचार्य र मेलिना राईको स्वर रहेको गीत ‘माछीलाई खोलीको लेउ’ सार्वजनिक भएको छ । दिनेश थपलियाको शब्द, वसन्त सापकोटाको सङ्गीत, नरेन्द्र वियोगीको एरेञ्ज र श्यामश्वेत रसाइलीको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
विक्रम स्वारको निर्देशन रहेको भिडियोमा हरिवंश आचार्य, करिश्मा मानन्धर, पल शाह र केकी अधिकारीलाई फिचर्ड गरिएको छ ।
भिडियोमा नवराज उप्रेतीको छायांकन, सुवर्ण दुलाल र भुपेन्द्र अधिकारीको सम्पादन, श्रीकृष्ण श्रेष्ठको भीएफएक्स र रेनिस फागोको कलरिङ छ ।
बालकृष्ण ओली लाइन प्रोड्युसर, बेदनाथ धमला प्रोडक्सन डिजाइनर, अर्जुन ठकुरीको प्रोडक्सन रहेको भिडियो गज्जव टीभीको युट्युवमार्फत दर्शक/स्रोतामाझ आएको छ ।






