काठमाडौं,
साउन १३ ।
जल तथा मौसम विज्ञान विभागले आजको मौसम पूर्वानुमान जारी गर्दै मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमी तराई भू–भाग नजिक रहेको जनाएको छ । विभागको मौसम पूर्वानुमान महाशाखाबाट जारी बुलेटिन अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
बुधबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यस्तै राती प्रदेश १, प्रदेश २ र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।






