काठमाडौं,
साउन ७ ।
‘मिसेस मंगोल नेपाल २०२१’ को उपाधि अञ्जु शेर्पाले चुम्नु भएको छ । प्रतियोगितामा हिरा शेर्पा ‘फस्ट रनरअप’, निशा थापा मगर ‘सेकेन्ड रनरअप’, शोभा मगर ‘थर्ड रनरअप’ र गौरी लामा ‘फोर्थ रनरअप’ हुन सफल हुनुभयो । आयोजक अमेजन इन्टरटेन्मेन्टले ब्रोडकास्टिङ एडिसन टिभी शोको माध्यमबाट विजेता छनोट गरेको हो ।
१५ प्रतियोगीहरुमध्ये विभिन्न चरणबाट छनोट हुँदै टप पाँच लाई मात्र फाइनल स्टेजमा प्रस्तुत गरिएको थियो । हिमानी सुब्बाको कोरियोग्राफी रहेको यस कार्यक्रम कास्टमण्डप टिभीबाट प्रसारण भएको थियो ।
प्रतियोगिताको निर्णायकमा भुमिकामा डा. रेखा थापा, ‘मिसेस हिमालयन नेपाल’ माया लामा, ‘ब्युटिसियन नेपाल’ हेमा पुन मगर र ‘मिसेस आइकन नेपाल’ सोनिया ज्याखो रहनु भएको थियो । कार्यक्रमलाई अभिनेता दिक्पाल कार्कीले सञ्चालन गर्नुभएको थियोे ।






