नेपाली कांग्रेस तरुण विभागद्वारा इद-उल-अजहाको शुभकामना

काठमाडौं,
साउन ६ ।

इस्लाम धर्मावलम्बीहरूको पर्व इद-उल-अजहाको अवसरमा नेपाली कांग्रेस तरुण विभागले शुभकामना व्यक्त गरेको छ । विभागले बुधबार एक बिज्ञप्ति जारी गर्दै शुभकामना व्यक्त गरेको हो ।

विज्ञप्तिमा नेपालमा बसोबास गर्ने इस्लाम समुदायको बृहत नेपालको एकीकरणमा महत्त्वपूर्ण योगदान रहेको उल्लेख गरिएको छ ।

तरुण विभाग प्रमुख शंकर भण्डारीद्वरा जारी विज्ञप्तिमा विश्वव्यापी महामारीको यस कठिन परिस्थितिमा सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी पर्व मनाउन सम्पूर्ण ईस्लाम धर्मावलम्वीहरूमा आग्रहसमेत गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार