शरण हुमागाईंको ‘पबित्र मायामा…’ सार्बजनिक (भिडियोसहित)

काठमाडौं,
असार ६ ।

शरण हुमागाईंको पछिल्लो लोक दोहोरी गीत ‘पबित्र मायामा…’ सार्बजनिक भएको छ । उहाँको केही समय अगाडी मात्रै ‘भिरैको खनायो…’ बोलको गीत सार्बजनिक भएको थियो । उक्त गीतले स्रोता तथा दर्शकको माया पाइरहेको बेला ‘पबित्र मायामा…’ सार्बजनिक भएको हो ।

‘पबित्र मायामा…’ हुमागाईंसँगै शाबित्री श्रेष्ठको स्वर रहेको छ । मच्छेश्वर सापकोटाको लय रहेको गीतलाई हुमागाईंले नै लेख्नु भएको हो ।

वियोगान्त शैलीमा तयार भएको गीतको भिडियोमा प्रकाश तामाङ ‘राज’, अनु पराजुली र युवक कार्कीको अभिनय देख्न सकिन्छ । भिडियोलाई प्रकाशले नै निर्देशन गर्नुभएको हो भने मरुभूमि नारायणको छायाँकन र रोशन धितालनको सम्पदान रहेको छ । गीतको भिडियोलाई शरण हुमागाईं युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको छ ।

यसमा तपाइको मत

अन्य समाचार