तरुण बिभाग प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सह-संयोजकमा चन्द मनोनित

काठमाडौं,
असार ६ ।

सञ्चारकर्मी सूर्य चन्द नेपाली कांग्रेस तरुण बिभाग प्रचार तथा प्रकाशन समन्वय केन्द्रीय सह-संयोजकमा मनोनयन हुनु भएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य पूर्वमन्त्री एवम् तरुण बिभाग प्रमुख शंकर भण्डारीले सञ्चारकर्मी चन्दलाई एक कार्यक्रमबीच तरुण बिभागमा स्वागत गर्दै मनोनयन पत्र हस्तान्तरण गर्नुभएको थियो ।

सञ्चारकर्मी चन्द लामोसमयदेखि नेपाली कांग्रेसको सक्रिय राजनीतिमा योगदान गर्दै आउनुभएका युवा नेता हुनुहुन्छ । सञ्चार क्षेत्रलाइ राम्रोसंग बुझनुभएका चन्दले सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै आउनुभएको छ ।

विभिन्न संघ संस्थामा समेत आबद्ध रहेर काम गर्दै आउनुभएका उहाँ नेपाली सिने उद्योगका लोकप्रिय कलाकार तथा म्युजिक भिडियो निर्देशक हुनुहुन्छ । युवा नेता चन्दले विभिन्न अवार्ड, इभेन्ट, मेला महोत्सबको आयोजना गर्दै युवा युवर्गलाई स्वरोजगार बनाउनेदेखि देशको आर्थिक बिकासमासमेत योगदान पुर्‍याउँदै आउनुभएको छ ।

आफूले पाएको जिम्मेवारी प्रति निष्ठावान ढङ्गले कार्यसम्पादन गरी पार्टी, संगठन तथा बिभाग प्रति पूर्ण बफादार रही तरुणहरुलाई गतिशिल बनाउन लागिपर्ने चन्दले बताउनुभयो ।

यसमा तपाइको मत

अन्य समाचार