गणेश थापाको ‘आयो तिम्रो राजा’मा यसराज र सरिता

काठमाडौं,
साउन ५ ।

गणेश थापाको स्वरमा रहेको गीत ‘आयो तिम्रो राजा’को भिडियो सोमबार सार्वजनिक गरिएको छ । सुदन लुइँटेको शब्द, सुवर्णकुमार श्रेष्ठको सङ्गीत र सङ्गीत संयोजन रहेको गीतको भिडियोलाई बुढासुब्बा डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

गीतको भिडियोमा यसराज गराच र सरिता भारती प्रस्तुत हुनुभएको छ । यी दुईको सम्बन्धमा सहयोगी भएर अर्की मोडल मञ्जुला गिरी पनि कलाकारको रुपमा प्रस्तुत हुनुभएको छ ।

यो गीतको भिडियोलाई नृत्य निर्देशन तथा निर्देशन सुवास बुढाथोकीले गर्नुभएको छ । उहाँको यो गीतबाट एक दशकपछि नृत्य निर्देशन तथा निर्देशनमा फर्किनुभएको हो । गीतमा सुरेशकुमार राउतको सम्पादन, टंक केसीको छायांकन, बिना रानामगर र शोभा श्रेष्ठको शृङ्गार छ । यो गीत र भिडियोको निर्माता सवनम थापा र नेहा थापा हुनुहुन्छ ।

चार दशकअघि काठमाडौंको आरआर क्याम्पस पढ्दा गायनमा लागे पनि विभिन्न कारणले गणेश थापाले गायनलाई अघि बढाउन सक्नुभएको थिएन । उमेरले ६० पुग्दै गर्दा उहाँ यतिबेला भने गायकको रूपमा उत्रिनु भएको हो ।

यसमा तपाइको मत

अन्य समाचार