चलचित्र कुईनेटोको शीर्ष गीत ‘धर्ती आकाश’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं,
साउन ४ ।

चलचित्र कुईनेटोको शीर्ष गीत ‘धर्ती आकाश’ सार्वजनिक भएको छ । नायक श्रीदेव भट्टराई र नायिका श्रीजु अधिकारीको अभिनय रहेको गीतको भिडियो ओएस्आर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतलाई सुदुरपश्चिमको विभिन्न रमणिय एवम् पर्यटकिय स्थानमा छायांकन गरिएको छ । ललिता कुँवरको शब्द, सन्तोष श्रेष्ठको सङ्गीत, ओम सुनारको एरेञ्ज रहेको गीतमा श्रेयसी चेम्जोङ र यूवराज चौलागाईको स्वर छ ।

हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदीलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको निर्देशक माधवराज खरेलले जानकारी गराउनुभयो । चलचित्र कोभिड १९को असर केही कम हुने वित्तिकै सार्वजनिक प्रर्दशनीमा आउने पनि उहाँले बताउनुभयो ।

निर्देशक खरेलकै लेखन रहेको उक्त चलचित्रमा श्रीदेव भट्टराई, सानिया खान, श्रीजु अधिकारी, केशव रापकोटा, मनीराज लिम्बु, नवराज रिमाल, गंगा भुजेल, मोतीराम जैशी, सिद्धान्त क्षेत्री, साहिल चौधरी, दिपेश जैसी लगायतका कलाकारको अभिनय छ ।

चलचित्रमा किरण दाहालको द्वन्द्व निर्देशन, रुपेश उप्रेतीको नृत्य निर्देशन, जनकराज अधिकारीको छायांकन, नरेश खरेलको शृङ्गार, प्रदिप दाहाल र राजेश कुमारको सम्पादन रहेको छ भने राज सागर, पशुपति ताम्रकार, अनिल विरही, सुरेश अधिकारी लगायतका स्रष्टा एवम् सर्जकको स्वर शब्द र सङ्गीत छ ।

 

यसमा तपाइको मत

अन्य समाचार