काठमाडौं,
साउन ४ ।
बिक्रम बरालको स्वर मा रहेको गीत ‘दोषी मन’ सार्वजनिक भएको छ । अनुप पाहारीको शब्द र सङ्गीतमा रहेको गीतको भिडियो सार्वजनिक भएको हो । ब्लूज शैलीमा आधारित यस गीतको भिडियोलाई राजु गुरुङले निर्देशन गर्नुभएको हो ।
भिडियोमा शैलेश्वोरी सिंह, गिरिश पोखरेल, स्वयम् बिक्रम बराल र नवल लामाको अभिनय छ । भिडीयोमा मिलन राइको सम्पादन, प्रिन्स श्रेष्ठको कलर, लोक चन्द्र थापाको छायांकन समाबेस छ ।






