आज साउनको पहिलो सोमबार, शिवजीको पूजा आराधनागरी मनाइँदै

काठमाडौं,
असार ४ ।

आज साउने सोमबारको पहिलो दिन भगवान शिवजीको पूजा आराधनागरी मनाइँदै छ । हिन्दू नारी आजका दिन ब्रत बसी शिवजीको पूजा आराधना गर्ने गर्छन ।

यस दिन काठमाडौंको पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लाग्ने गरेको भएतापनि यसवर्षपनि कोरोना त्रासका कारण पशुपतिनाथ बन्द रहेको छ । गतवर्ष पनि कोरोना संक्रमणका त्रासका कारण साउनमा पशुपतिनाथलगायतका देशभरका शिवालय बन्द गरिएको थियो । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले सरकारले मठमन्दिर खोलेको छैन् ।

साउन महिनाको धार्मिक रुपमा निकै महत्व छ । त्यसमाथि साउने सोमबारको झनै ठूलो महत्व हुने गरेको छ । यस दिन विवाहित र अविवाहित महिला भगवान् शिवको पूजा आराधना गरी ब्रत बस्ने गर्दछन् ।

साउन महिना भगवान शिवलाई मन पर्ने महिना र सोमबार मनपर्ने दिन भएकाले यो महिना र सोमवारको महत्व बढी रहेको धार्मिक ग्रन्थहरुमा उल्लेख गरिएको छ । यसपटक साउन महिनामा पाँच वटा सोमबार परेको छ । साउनमा पाँच वटा सोमबार पर्नुलाई झन् शुभ मानिने बताइन्छ ।

यसमा तपाइको मत

अन्य समाचार