कविता : भरेङ

✍️ नवीन मनोहर
काठमाडौं,
असार २९ ।

विपक्षीहरूले
एका एक मलाई
ढुङ्गा प्रहार गरे
मैले ती सबै सबैलाई
धैर्यतापूर्वक
बटुलेर
भरेङ् बनाएर
अहिलेको ठाउँमा उक्लेको हूँ,

जसले
जस जसले
मलाई
गाली गरे
धोका दिए
षडयन्त्रपूर्वक खुट्टा तानेँ
तिनीहरूप्रति म सदैव ऋणी हुने छु
तिनीहरू नभएका भए
म आज यहाँ आइपुग्ने थिइनँ,

भरेङ
विपक्षीले प्रहार गरेका
ढुङ्गा लाई बनाउनु पर्ने रहेछ ।।

यसमा तपाइको मत

अन्य समाचार