नीरा सुब्बाका ६ हाइकु

✍️ नीरा सुब्बा
दार्जेलिङ
असार २९ ।


रातो गुलाब
काँडा पहरादार
कालो भवँरा ।


भरिए गाग्रो
छछल्किएको वैंश
भरिँदै, पोख्दै ।


उर्लिए कोशी
गाँठो पर्दैछ मन
नयनभरि !


चिच्चा चुचुरो
बैभवको पहाड
अग्लिरहेछ !


पारी पीपल
अति उष्ण असार
कति शीतल ।


यौवनकाल
सुसेलीहरूमा
रमाउँदैछ ।

यसमा तपाइको मत

अन्य समाचार