वातावरण मैत्री समाजद्वारा बृक्षारोपण

काठमाडौं,
असार २८ ।

वातावरण मैत्री समाजले बृक्षारोपण गरेको छ । समाजले शनिबार बुढानिलकण्ठ नगरपालिका-१३ स्थित रातमाटेमा ५ सय भन्दा बढी विरुवाहरू रोपेको हो ।

खाली ठाउँमा विरुवा रोपेर हराभरा बनाउने र प्रदुषण नियन्त्रण गर्ने कार्यमा वातावरण मैत्री समाज निरन्तर लागि रहेको छ । विसं. २०७५ सालमा स्थापना भएको यस संस्थाले स्थापना काल देखिनै वातावरण प्रदुषण तथा सरसफाइमा जोड दिदै आइरहेको छ ।

कोरोना महामारिमा विभिन्न क्षेत्रहरूमा खाद्यान्न तथा अत्यवश्यक सेवाहरू उपलब्ध गराएर समाज सेवामा पनि आफ्नो उपस्थिती जनाउदै आएको यस संस्थाले बृक्षारोपण गरेको हो ।

वातावरण जोगाउन सक्यौं भने यसले सफा स्वच्छ हावा मात्रै नभई वाढी पहिरो तथा भुक्षय जस्ता प्राकृतिक प्रकोपहरू नियन्त्रणमा ठूलो सहयोग पुग्ने अपेक्षाको लिईएको वातावरण मैत्री समाजका अध्यक्ष राधेश्याम मिश्रले बताउनु भयो ।

बृक्षारोपण कार्यक्रममा संस्थाका पदाधिकारीहरू, समाजसेवी, पत्रकारलगायत विभिन्न क्षेत्रका मानिसहरूको सहभागिता रहेको थियो । यस संस्थाले प्रत्येक शनिबार सरसफाईको कार्यक्रमहरू समेत सञ्चालन गर्दै आईरहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार