सखी प्रतिष्ठानले मनायो २०८ औं भानु जयन्ती

काठमाडौं,
असार २८ ।

सखी प्रतिष्ठानले सोमबार राजधानीमा २०८ औं भानु जयन्ती मनाएको छ । राजधानीको अनामनगर डालो रेस्टुरेन्ट विशेष कवि गोष्ठीको आयोजना २०८ औं भानु जयन्ती मनाइएको हो । सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलको अध्यक्षतामा आयोजित सो कार्यक्रमको प्रमुख अतिथि गुन्जनका अध्यक्ष एवम् वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक रहनुभएको थियो ।

कार्यक्रममा अमेरिकाबाट आउनु भएका साहित्यकार गोविन्द गिरि प्रेरणालाई विशेष सम्मान गरिएको थियो । सो सम्मान प्रमुख अतिथि हिरण्यकुमारी पाठक, अध्यक्ष मन्जिला अनिल र सल्लाहकार राधेश्याम लेकालीले गर्नुभएको थियो ।

कार्यक्रममा विभिन्न कविहरूले आûआफ्नो कविता वाचन गर्नुभएको थियो । आफ्नो मन्तव्यसहित कविता वाचन गर्नेहरूमा कवि एवम् समालोचक तथा भानु प्रतिष्ठानका सचिव रमेश शुभेच्छुक, सखी प्रतिष्ठान कार्यसमितिका सदस्य कवि शान्ति रिसाल, अमेरिकाबाट आउनु भएका कवि नीता श्रेष्ठ रहनुभएको थियो ।

यसैगरी कविता वाचन गर्नुहुने अन्य कविहरूमा क्रमशः गोविन्द गिरि प्रेरणा, मधु पाठक, नीशा के. सी., शशी थापा पण्डित, इलु शर्मालगायतका रहनुभएको थियो ।

उक्त कार्यक्रमना आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा र कविता वाचन गरिएको थियो । कार्यक्रममा सखी प्रतिष्ठानका सल्लाहकार एवम् साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली र वरिष्ठ साहित्यकार, गोविन्द गिरि प्रेरणा (अमेरिका)ले आआफ्नो मन्तव्य राख्नुभएको थियो । त्यस्तै प्रमुख अतिथि वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक र आयोजक सस्था सखी प्रतिष्ठानका अध्यक्ष मन्जिला अनिलले पनि आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

यसअघि पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उदघाटन गर्दै आदिकवि भानुभक्त आचार्यको तस्वीरमा प्रमुख अतिथि पाठकले माल्यार्पण गर्नुभएको थियो भने सस्थाका उपाध्यक्ष कमला रिसालले गीत गाउनुभएको थियो ।

कार्यक्रममा साहित्यकारहरू सुशीला देउजा, ज्ञानन्द्री कैनी, प्रतिष्ठानका कोषाध्यक्ष मेनका लामा कार्यसमिति सदस्यहरू राधा भण्डारी, ईश्वरी लामा याचकी, नीशा रिमाललगायत आरती राना, हेमा शर्मा, रितु सुवेदी, सुमित्रा अधिकारी आदिको उपस्थिति थियो ।

कार्यक्रममा महासचिव एल्सा झाले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन सस्थाका सचिव रुपा पौडेलले गर्नुभएको थियो ।

यसमा तपाइको मत

अन्य समाचार