थप २३ सय ७० जनामा कोरोना संक्रमण, १८ को मृत्यु  

काठमाडौं,
असार २८ ।

सोमबार थप दुई हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको सात हजार ६८९ पिसिआर र तीन हजार ८९५ जनाको एन्टीजेन परीक्षणका क्रममा दुई हजार ३७० जनामा कोरोना भाइरसकोसंक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कुल संक्रमितको संख्या ६ लाख ५७ हजार १३९ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो समय देशभर २६ हजार ७१२ जना कोरोनाका सक्रिय संक्रमित छन् । जसमध्ये २३ हजार ९४७ जना होम आइसोलेसनमा छन् भने दुई हजार ७६५ संस्थागत आइसोलेसनमा छन् । कोरोनाका बिरामीमध्ये ५४९ जनाको आईसीयू र १६३ जनाको भेन्टिलेटरमा विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।

सोमबार प्रदेश १ मा ४४७, प्रदेश २ मा ४८ तथा बागमती प्रदेशमा ७१८ जना संक्रमित थपिएका छन् । यस्तै गण्डकीमा २८६, लुम्बिनीमा १५५, कर्णालीमा १२ र सुदूरपश्चिम प्रदेशमा २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोमबार काठमाडौं उपत्यकामा ४३३ जनामा संक्रमण देखिएको छ । जसमा काठमाडौंका २८९ , ललितपुरका ९० र भक्तपुरका ५४ जना छन् । उपत्यका पछि झापा, मोरङ्, सुनसरी, चितवन कास्की, वाग्लुङ् र गुल्मीमा बढी संक्रमित भेटिएका छन् ।

सोमबार थप एक हजार १३३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै देशभर संक्रमण मुक्त हुनेको संख्या ६ लाख २१ हजार २७ पुगेको छ ।

त्यस्तै, कोरोनाका संक्रमणका कारण सोमबार १८ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या नौ हजार ४०० पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार