कविता: बुझाइ

✍️ नवीन मनोहर
काठमाडौं
असार २८ ।

जीवन भन्ने कुरा बुझ्दा
मानिसको पूरै जीवन
बितिसकेको हुन्छ
पीडा भन्ने कुरा बुझ्दा
मानिसले अथाह पीडा
पाएको हुन्छ
खुसी भन्ने कुरा बुझ्दा
मानिसले खुसीका
अनन्त उच्छवासहरू पाएको हुन्छ,

सबै सबै बुझाइका
पहेली त रहेछन् नि
जीवनमा घाम छायाँहरू
म भर्खर केही
बुझ्ने प्रयत्न गरिरहेको छु
म अहिले मात्र केही
बुझ्ने कोसिस गरिरहेको छु ।।

यसमा तपाइको मत

अन्य समाचार