थप १ हजार ८३१ जनामा कोरोना संक्रमण, १ हजार ५३३ संक्रमण मुक्त, २०को मृत्यु

काठमाडौं,
असार २७ ।

थप एक हजार ८३१ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गरिएको नौ हजार २१८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ८३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार पाँच हजार ५३५ जना पिअिसार परीक्षण गर्दा एक हजार २३७ र तीन हजार ६८३ जनाको एन्टीजेन परीक्षण गर्दा ५९४ जनामा संक्रमण पुष्टि भएको हो ।

नेपालमा संक्रमित पत्ता लाग्नेदर २२ दशमलब तीन प्रतिशत रहेको छ । अर्थात पाँच जनाको परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भइरहेको छ । आइतबार थप भएको संक्रमितको संख्यासँगै नेपालमा कोरोना संक्रमित हुने कूल संख्या ६ लाख ५५ हजार ४४९ पुगेको छ भने संक्रमण निको हुनेको जम्मा संख्या ६ लाख १९ हजार ८९४ रहेको छ ।

यस्तै आइतबार काठमाडौं उपत्यकामा थप ३९१ जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौंमा २६३, भक्तपुरमा ३१ र ललितपुरमा ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार आइतकार इलाममा ३, उदयपुरमा ३, ओखलढुंगामा १, खोटाङमा ३, झापामा ८५, ताप्लेजुङमा १, तेह्रथुममा ३, धनकुटामा १, भोजपुरमा २, मोरङमा ७०, संखुवासभामा १, सोलुखुम्बुमा १, सुनसरीमा २८, पर्सामा २, बारामा ३, रौतहटमा ४, सप्तरीमा १, सर्लाहीमा ६, सिरहामा ३ काभ्रेमा ३४, चितवनमा ८३, दोलखामा ६, धादिङमा ११, नुवाकोटमा ४२, मकवानपुरमा ६, रसुवा १३, रामेछापमा ६, सिन्धुली २, सिन्धुपाल्चोकमा ५, कास्कीमा १५२, गोरखामा २१, तनहुँमा १०, नवलपरासी पूर्वमा १६, पर्वतमा ३, लमजुङमा १ र स्याङजामा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै अर्घाखाँचीमा ११, कपिलवस्तुमा ६, गुल्मीमा ६, दाङमा ५, नवलपरासीमा ५, पाल्पामा ३, प्युठानमा ६, बर्दियामा ८, बाँकेमा ११, रोल्पामा ३, रुपन्देहीमा ३४, दैलेखमा २, रुकुम पश्चिममा २, सल्यानमा १, सुर्खेतमा १५, कञ्चनपुरमा १७, कैलालीमा ७२, बझाङमा १ र बैतडीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो समय देशभर सक्रिय संक्रमितको संख्या २६ हजार १७३ रहेको छ । जम्मा सक्रिय संक्रिमत मध्ये २३ हजार ४७१ जना होम आइसोलेसन र दुई हजार ७०२ संस्थागत आइसोलेसनमा छन । संस्थागत आइसोलसनमध्ये ५५३ जना आइसियुमा र १७५ जनाको भेन्टिलेटरमा उपचाररत रहेका छन् । आइतबार थप एक हजार ५३३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

आइतबार थप २० जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि भएको छ । मन्त्रालयका अनुसार सिसिएमसी, नेपाली सेनाद्वारा कोभिड १९ को शव व्यवस्थापन तथ्यांकको आधारसहित सो संख्यामा मृतक थपिएका हुन् । योसँगै हालसम्म नेपालमा कोरोना संक्रमण का कारण ज्यान गुमाउनेको संख्या नौ हजार ३८२ पुगेको छ ।

यसमा तपाइको मत

अन्य समाचार