कविता : मन

✍️ नवीन मनोहर
काठमाडौं,
असार २६ ।

मनदेखि
मनसम्म
मनका साँधलगाएर
खुसीका डिमार्केसनसम्म
मनका रहमा
मनकै रजहाँसहरू
तैरिएको देख्ने
अतीव रहर छ,
मनकै फूलबारीमा
चरीपन्छीहरु
गाएको
फुत्रुकफुत्रुक
उफ्रिएको हेर्ने रहर छ,

यो मनले धेरै भयो
असलमनलाई खोजिरहेको
यो मनले धेरै भयो
असलमनलाई पर्खिरहेको ।।

यसमा तपाइको मत

अन्य समाचार