डा. हेमन्त खतिवडा आध्यात्मिक गीतको पुस्तक भजन सङ्ग्रह प्रकाशित

काठमाडौं,
असार २५ ।

२०५३ सालमा सङ्गीत साधक नातिकाजीको स्वर तथा सङ्गीतमा ‘मनमा काँडा बिझेपछि’ बोलको गीत रेकर्ड गराएर साङ्गीतिक क्षेत्रमा प्रवेश गर्नुभएका डा. हेमन्त खतिवडाको आध्यात्मिक गीतको पुस्तक भजन सङ्ग्रह प्रकाशित भएको छ ।

सार्वजनिक सङ्ग्रहमा गणेश, शिव, दुर्गा, हनुमान, सरस्वती, विष्णु, कृष्ण र लक्ष्मीका भजनका साथमा भजन जीवन मृत्युको विषय छ । कृतिमा एक सय ६ भजन सङ्ग्रहित छन् । पुस्तक एक सय १५ पृष्ठको छ ।

पचास भजन आशा भोषले, साधना सरगम, कैलाश खेर, पण्डित जसराज, कुमार सानुलगायतका गायक गायिकाले गाउनुभएको छ । धेरैजसो भजन क्लासिकल र सेमिक्लासिकलमा गाइएका छन् भने भजनको प्रचलित परम्पराभन्दा फरक किसिमले लेखिएका छन् ।

अधिकांश भजन निराशावादी नभई आशा र उत्साह जगाउने किसिमका छन् । मृत्युलाई पनि उत्सवको रूपमा चित्रण गरेर पनि भजन लेखिएका छन् ।

जीवनजस्तै मृत्यु पनि उत्सव हुनुपर्छ भन्ने खालका भजन पुस्तकमा छन् । यसमा मानिसलाई उत्प्रेरणा जगाउने र प्रेरित गर्ने खालका जीवन दर्शनका विषय पनि समेटिएका छन् । गीतकार स्वयम् प्रकाशक रहेको भजन सङ्ग्रहको मूल्य दुई सय रुपियाँ रहेको छ ।

यसमा तपाइको मत

अन्य समाचार